बिहिवार, असोज १५, २०७७
    मुभी-थिएटर

    शाहरुख र दीपिकाका फ्यानका लागि खुशीकाे खबर, फेरि एकसाथ फिल्ममा देखिँदै

    आईतवार, २८ भाद्र २०७७, आहाखबर

    मुम्बई, २८ भदाै ।  शाहरुख खान र दीपिका पादुकोणका फ्यानहरूले उनीहरूलाई पुन: एक पटक सँगै देख्न पाउने भएका छन् । तमिल निर्देशक एटली कुमारको फिल्म 'सनकी'मा शाहरुख र दीपिकाको जोडी देख्न पाइने भएको हो।

    बलिउडमा शाहरुख खान र दीपिका पादुकोणको जोडी लोकप्रिय मानिन्छ। एकपटक फेरि यो जोडी पर्दामा आउने भएको छ।  त्यसो त बलिउडमा शाहरुखको फिल्म नआएको दुई वर्ष वितिसक्यो। २०१८ मा जिरो फिल्ममा शाहरुख देखिएका थिए।

    फिल्मफेयरका अनुसार, 'सनकी'मा काम गर्न शाहरुख र दीपिका उत्साहित छन्। दीपिकालाई कथा एकदमै मन परेको छ। 'सनकी'सम्म आइपुग्दा शाहरुख र दीपिकाको जोडी चौथोपटक हुनेछ।

    यसअघि शाहरुख र दीपिकाले 'ओम शान्ति ओम', 'चेन्नई एक्सप्रेस' र 'ह्याप्पी न्यू ईयर'मा काम गरेका थिए। शाहरुखले 'ओम शान्ति ओम'बाट दीपिकालाई बलिउडमा डेब्यु गराएका थिए।

    'सनकी' फिल्मको युनिट २०२१ को शुरुवातमा फ्लोरमा जाने योजनामा छ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast