टिपरले लियाे स्कुटरमा सवार प्रहरीकाे ज्यान, चालक फरार

टिपरले लियाे स्कुटरमा सवार प्रहरीकाे ज्यान, चालक फरार

काठमाडौं, २८ भदाै ।   टिपरको ठक्करबाट रुपन्देहीको देवदह नगरपालिका-१० का स्कुटरमा सवार एक प्रहरीकाे मृत्यु भएको छ।  मृत्यु हुनेमा कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठ रहेका छन्। 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा मृत्यु भएको हो। घाइते भएकी स्कुटरमा पछाडि सवार जिल्ला प्रहरी कार्यालय बागलुङमै कार्यरत प्रहरी जवान सन्तोषी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ। 

लु २ ख ८९९ नम्बरको टिपरले उनीहरू सवार ध १ प ९७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। टिपर चालक फरार रहेकाले खोजी भइरहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ।