सिन्धुपाल्चोक अपडेट: दुईको शव भेटियो, २८ बेपत्ता, मौसमले साथ नदिँदा उद्धारको हेलिकप्टर जान सकेन

सिन्धुपाल्चोक अपडेट: दुईको शव भेटियो, २८ बेपत्ता, मौसमले साथ नदिँदा उद्धारको हेलिकप्टर जान सकेन

काठमाडौं, २८ भदाै । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ मा गए राति खसेको पहिरोमा बेपत्ता भएका २ जनाकाे शव भेटिएकाे छ भने २८ जना अझै बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार अहिलेसम्म प्राप्त जानकारी अनुसार २८ घर पहिरोमा परेका छन्। राति पहिरो गएकाले मानिसहरु घर पुरिँदा बेपत्ता भएका हुन्।

नागपुजे र भीरखर्कमा पहिरोले ठूलो क्षति पुर्‍याएको हो। सभामुख अग्नि सापकोटा पहिरो पीडितको अवस्था बुझ्न काठमाडौंबाट हिँडिसकेका छन्।

नेपाली सेनाको हेलिकप्टर पहिरो गएको ठाउँमा उद्धारका लागि जान खोज्दा पानीका कारण जान नसकेको ढकालले जानकारी दिए।