बिहिवार, असोज १५, २०७७
    आर्थिक खबर

    विषाक्त रसायन भेटिएपछि स्यानिटाइजर उत्पादन गर्ने पाँच कम्पनीलाई प्रतिबन्ध

    शनिबार, २७ भाद्र २०७७, आहाखबर

    काठमाडौं, २७ भदाै । विषाक्त रसायन भेटिएपछि औषधि व्यवस्था विभागले विभिन्न पाँच कम्पनीलाई स्यानिटाइजर उत्पादनमा प्रतिवन्ध लगाएको छ । मानव स्वास्थ्यमा असर गर्ने खालको रसायनद्वारा निर्मित स्यानिटाइजर उत्पादन तथा बिक्री भइरहेको पाइएको भन्दै विभागले उत्पादनमा प्रतिवन्ध लगाएको हो । 

    विभागले काठमाडौंका हाइजिन सोप एन्ड केमिकल, नेपाल कायाकल्प उद्योग,  आधार केमिकल्स एन्ड फुड इन्डस्ट्री, सर्च केमकम हर्बल प्रोडक्ट र सूर्यमुखी हर्बल प्रोडक्टसले बजारमा बिक्री गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर उप्पादनमा प्रतिबन्ध लगाएको हो ।  

    विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीत मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने मिथानोल अल्कोहलको मात्रा राखिएको देखिएको आज एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast