बिहिवार, असोज १५, २०७७
    मुभी-थिएटर

    इतिहासकै सबैभन्दा महंगो फिल्म बन्नेभयो ‘टाइगर-३, विश्वका ७ देशमा शुटिङ

    शनिबार, २७ भाद्र २०७७, आहाखबर

    मुम्बई, २७ भदाै । बलिउड सुपरस्टार सलमान खानका हरेक फिल्म सुपरहिट हुने गरेका छन् । विश्व काेराेना महामारीबाट गुज्रिरहेका बेला उनका फ्यानहरू भने उनकाे फिल्मकाे प्रतिक्षामा लामो समयदेखि बसिरहेका छन् ।

    बक्स अफिसमा उनको फिल्मले राम्रो प्रदर्शन गर्दछ । अहिले सलमान खान आफ्नो सुपरहिट सिरिज टाइगर ३ लाई लिएर चर्चामा छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार टाइगर ३ मा पनि सलमान र क्याट्रीनाको जोडी रहने बताइएको छ । तर यशराज फिल्मले अहिलेसम्म यस फिल्मको बारेमा केहि घोषणा गरिसकेको छैन । तर टाइगर ३ फिल्म बम्पर बजेटमा बन्न लागेको बताइएको छ ।

    जसपछि यो फिल्म बलिउडको इतिहासमा सबैभन्दा धेरै बजेटको फिल्म बन्नेछ । यो फिल्ममा सलमानलाई १०० करोड रुपैयाँ दिन लागिएको छ ।

    यो फिल्म विश्वका ७ वटा देशहरुमा शुटिङ गरिने बताइएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast