मंगलवार, असोज १३, २०७७
    लाइफस्टाइल

    आज यी पाँच प्रदेशमा भारी बर्षाको सम्भावना

    शनिबार, २७ भाद्र २०७७, आहाखबर

    काठमाडौं, २७ भदौं । नेपालमा अझै केहि दिन लगातार  बर्षा हुने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ ।

    साथै पश्चिम बंगाल नजिक न्यून चापीय क्षेत्रको पनि विकास भएको छ । महाशाखाले हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ ।

    यस्तै दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश–१ र प्रदेश–२ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यता प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast