साविक विजेता पिएसजीलाई पहिलो गाँसमै ढुंगा

साविक विजेता पिएसजीलाई पहिलो गाँसमै ढुंगा

एजेन्सी । फ्रेन्च फुटबल लिग 'लिग वान' अन्तर्गत पहिलो खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा आरसी लेन्सले पिएसजीलाई १(० गोलले पराजित गरेको हो । लेन्सका इग्नाटिअस गानागोले खेलको ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । 

पिएसजीका स्टार खेलाडी नेयमार र किलियन एम्बाप्पेबिनै पिएसजी मैदानमा उत्रिएको थियो । उनीहरुमा कोरोना संक्रमण देखिएकाले खेलमा सहभागी भएका थिएनन् ।