बिजुलिकाे पोलमा करेन्ट लागेर धनगढी उपमहानगरका एक कर्मचारीको मृत्यु

बिजुलिकाे पोलमा करेन्ट लागेर धनगढी उपमहानगरका एक कर्मचारीको मृत्यु

धनगढी, २५ भदाै । करेन्ट लागेर धनगढी उपमहानगरपालिकाका एक कर्मचारीकाे ज्यान गएकाे छ । उपमहानगरपालिकाको विद्युत शाखामा ज्यालादारीमा कार्यरत् कर्मचारीको करेन्ट लागेर बिहीबार मृत्यु भएकाे हाे। 

धनगढी वडा नम्बर ६ को शिवनगरमा विद्युत सर्भिस पोलमा राखिएको बत्ती जोडेर भर्‍याङ निकाल्ने क्रममा ३२ वर्षीय राजकुमार चौधरी करेन्ट लागेर घाइते भएका थिए। घाइतेपछि उनलाई धनगढीकै निसर्ग अस्पतालमा उपचार लागि पुर्याइएको थियो।

अस्पताल लगेको केही समयपछि उपचारकै क्रममा उनको मृत्यु भएको धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए।

यस्तै, करेन्ट लागेर सोही ठाउँका २२ वर्षीय खेमराज दाहाल घाइते छन्। उनको पनि निसर्ग अस्पतालमा उपचार भइरहेको छ।