बिहिवार, असोज १५, २०७७
    कला-सौन्दर्य

    कोरोना महामारीकै बीच अमिताभले शुरू गरे 'कौन बनेगा करोडपति'को शूटिङ

    बिहिवार, २५ भाद्र २०७७, आहाखबर

    काठमाडाैं, २५ भदाै । कोभिड १९ को महामारी शुरू भएसँगै रोकिएको चर्चित टिभी कार्यक्रम ‘कौन बनेगा करोडपति’ पुनः शुरू हुने भएको छ । काेराेना कहरबीच नै बलिउड अभिनेता अमिताभ बच्चनले कार्यक्रमको शूटिङ शुरू गरीसकेका छन् । 

    सामाजिक सञ्जाल इन्स्ट्रागाममा एक तस्वीर शेयर गर्दै अमिताभले लेखेका छन्,‘सुरक्षित रहौं, काम जारी छ ।’ उनले शेयर गरेको तस्वीरमा देख्न सकिन्छ, अमिताभ कम्यूटरको अगाडि आफ्नो अनुहार देखाएर कुर्सीमा बसिरहेका छन् । पीपीई लगाएर मेकअप म्यान उनको मेकअप गरिरहेका छन् । 

    पीपीई, फेस सिल्ड, मास्क लगायत सबै सुरक्षाका उपाय अपनाएर उनीहरूले शुटिङ शुरू गरेका हुन् ।

    केहि समय अघि अमिताभलाई पनि कोरोना संक्रमण भएको थियो तर अहिले उनी अहिले संक्रमण मुक्त भइसकेका छन् ।

     

     


    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast