बिहिवार, असोज १५, २०७७
    आर्थिक खबर

    आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार

    बिहिवार, २५ भाद्र २०७७, आहाखबर

    काठमाडौं, २५ भदाै । नेपाली बजारमा आज बिहीबार पनि पनि सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएकाे छ । 

    बुधबार प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कोरोबार भएको छापावाल सुनकाे मूल्य आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे।

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

     त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कोरोबार भएको थियो।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast