काठमाडाैंमा बिहानैदेखि बढ्याे सवारी चाप, मालवाहक सवारीमा जोरबिजोर लागू नहुने

काठमाडाैंमा बिहानैदेखि बढ्याे सवारी चाप, मालवाहक सवारीमा जोरबिजोर लागू नहुने

काठमाडाैं, २५ भदाै । आजबाट निषेधाज्ञा केही खुकुलो भएसँगै काठमाडौं उपत्यकामा बिहानैदेखि नै चहलपहल बढेको छ। आजबाट तीन साता लामो कडा निषेधाज्ञा केही खुकुलो भएपछि चहलपहल हिजोअस्तीको तुलनामा निकै बढेको हो।

उपत्यकाको सडकमा बिहीबार बिहानैदेखि सवारी साधनको चाप बढेको छ भने पसल पनि सञ्चालनमा आएका छन्। आजबाट निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालले बताए।

एसएसपी ढकालका अनुसार निजी सवारी साधन र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन आजदेखि जोरबिजोर प्रणालीमा सञ्चालन हुनेछन् ।ट्याक्सीमा पनि जोरबिजोर लागू गरिएको छ। चालकसहित ३ जना मात्र बस्न पाइनेछ।

सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र कुल सिट संख्याको आधामा मात्र यात्रुलाई चडाउन दिइने उनले बताए। तर, मालवाहक सवारी साधनमा भने जोरबिजोर लागू नहुने उनको भनाई छ।