सिटीका मिडफिल्डर ब्रूयनले जिते पुरुष वर्ष खेलाडीको अवार्ड

सिटीका मिडफिल्डर ब्रूयनले जिते पुरुष वर्ष खेलाडीको अवार्ड

एजेन्सी । बेल्जियन राष्ट्रिय टिमका स्टार तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्रूयनले प्रोफेसनल फुटबलर्स एसोसिएशनबाट प्रदान गरिने पुरुष वर्ष खेलाडीको अवार्ड हात पारेका छन्।

पिएफए अवार्डबाट सम्मानित २९ वर्षीय डी ब्रूयनले आफ्नो सफलताका लागि प्रशिक्षक पेप गार्डिवलालाई आभार व्यक्त गरेका छन् । 

यसका साथै महिला वर्ष खेलाडीको अवार्ड वेथ इंग्ल्यान्डले जितेकी छन् । यस्तै लिभरपुलका २१ वर्षे ट्रेन्ट एलेक्सान्डर–अर्नोल्डले योङ्ग प्लेअर अवार्ड हात पारे ।

पुरुष वर्ष खेलाडी बनेका डी ब्रूयनले गत वर्षका विजेता भर्जिल भान डाइक, ट्रेन्ट एलेक्जान्डर–अर्नोल्ड, साडियो माने, जोर्डन हर्नान्डेज र रहीम स्ट्रर्लिङ्गलाई पछि पार्दै अवार्ड जितेका हुन् ।