एकैदिन ताेलामा ६ सयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

एकैदिन ताेलामा ६ सयले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?

काठमाडौं, २४ भदाै । नेपाली बजारमा सुनकाे मूल्य बिहीबार प्रतिताेला ६ सय रूपैयाँले बढेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजावी सुनकाे मूल्य ९५ हजार ९ सय रूपैयाँमा काराेकार भइरहेकाे छ ।

हिजाे मंगलबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भएकाे थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९५ हजार ३ सय रूपियाँमा काराेकार भएको थियाे ।

यस्तै हिजाे चाँदीको मुल्य १ हजार ३ सय १० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय १५ रूपियाँमा काराेबार भइरहेकाे छ ।