१००औं अन्तराष्ट्रिय गोल गर्दै रोनाल्डो बने विश्वकै दोस्रो गोलकर्ता

१००औं अन्तराष्ट्रिय गोल गर्दै रोनाल्डो बने विश्वकै दोस्रो गोलकर्ता

काठमाडाैं, २४ भदाै।  पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले  आफ्नो १००औं अन्तराष्ट्रिय गोल पूरा गरेका छन् । उनी यो उपलब्धि हात पार्ने युरोपको पहिलो तथा विश्वको दोस्रो खेलाडी बनेका छन् ।


राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड इरानका अली दाइको नामा ५ ।   १०९ गोलका गरेका अली सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेको हुन् । दाइलाई पछ्याइ रहेका रोनाल्डोले युइएफए नेसन लिग अन्तर्गत स्वीडेनविरुद्धको खेलमा ४५औं मिनेटमा फ्री–किकमार्फत उत्कृष्ट गोल गर्दै १०० गोल पूरा गरेका हुन् ।

त्यस्तै उनले यही खेलमा अर्को गोल गर्दै आफ्नो गोल संख्या १०१ पु¥याएका छन् । उनले ७२औं मिनेटमा जाओ फिलिक्सको पासलाई सदुपयोग गरेका थिए ।
रोनाल्डोकै दुई गोलको मदतमा पोर्चुगलले नेशन लिग अन्तर्गत लगातार दोस्रो जित निकाल्ने क्रममा गएराती स्वीडेनलाई २–० ले हराएको छ ।  अब रोनाल्डो दाइको रेकर्ड तोड्नबाट  ९ गोलले पछि छन् । रानाल्डोले पोर्चुगलका लागि १६५ खेलमा १०१ गोल पूरा गरेका हुन् ।

सन् २००३ मा काजकिस्तानविरुद्धको खेलबाट पोर्चुगलको सिनियर टोलीमा डेब्यू गरेका रोनाल्डोले सन् २००४ मा ग्रिसविरुद्धको खेलमा पहिलो अन्तराष्ट्रिय गोल गरेका थिए । हालसम्म उनले पोर्चुगलका लागि ९ ह्याट्रिक गरेका छन् ।