मंगलबार ३ सयले घट्याे सुनकाे मूल्य, कति छ आज ताेलाकाे ?

मंगलबार ३ सयले घट्याे सुनकाे मूल्य, कति छ आज ताेलाकाे ?

काठमाडाैं, २३ भदाै । नेपाली बजारमा मंगलबार पनि सुनकाे मूल्य घटेकाे छ । आज सुन प्रतिताेला ३ सय रूपैयाँले घटेकाे हाे । 

सोमबारको तुलनामा रु ३ सयले घटेर ९५ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै  मंगलबार तेजावी सुनको मुल्य भने ९५ हजार ३०० रुपैयाँ तोकिएको छ । 

त्यस्तै , चाँदीको मुल्यमा १० रुपैयाले घटेर  प्रतितोला १ हजार ३ सय १० रुपैयाँ  तोकिएको छ । हिजो पनि सुनचाँदीको मुल्य १ हजार २० दरमा रहेको महासंघको भनाइ छ ।