मंगलवार, असोज १३, २०७७
    ब्राण्ड/संगठन

    सामसङ ग्यालेक्सी ‘नोट २०’ र ‘नोट २० अल्ट्रा’ अब नेपालमा, कति पर्छ मूल्य ?

    मंगलवार, २३ भाद्र २०७७, आहाखबर

    काठमाडौं, २३ भदाै । सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक भएकाे छ । ग्यालेक्सी नोट २० सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्ने र यसमा प्रो-गेमहरु सहजै खेल्न सकिने कम्पनीले जनाएको छ ।

    ग्यालेक्सी नोट अल्ट्रा र नोट २० फोन नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको हो । यसलाई पारखीहरुको पावर एन्ड प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी प्रस्तुत गरिएको जनाइएको छ । यसमा अझै बढी गेम खेल्न एवं कार्यहरुको सम्पादन गर्न सकिने स्वतन्त्रता प्राप्त हुने कम्पनीले जनाएको छ ।

    सामसङद्वारा प्रि-बुक गर्ने ग्राहकलाई ग्यालेक्सी बन्ड निःशुल्क प्रदान गरिएको थियो । साथै ग्यालेक्सी वाच ३ तथा सामसुङ एलईडी टीभी खरिदमा छुट दिइएको थियो ।  यसका अतिरिक्त प्रि-अर्डर गर्नुहुने ग्राहकरुले विभिन्‍न क्षेत्रमा आकर्षक छुट तथा  उपहार पनि प्राप्त गरेको जनाइएको छ ।

    प्रि-अर्डरअन्तर्गत खरिद गर्न छुटेका ग्राहकले पनि हाल पनि थुप्रै उपलब्ध आकर्षक सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

    ग्यालेक्सी नोट २० को मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ र नोट २० अल्ट्राको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ रहेको सामसङ नेपालले जनाएको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast