लियोनल मेस्सीकाे काेराेना रिपाेर्ट नेगेटिभ, फर्किए बार्सिलोनाको प्रशिक्षणमा

लियोनल मेस्सीकाे काेराेना रिपाेर्ट नेगेटिभ, फर्किए बार्सिलोनाको प्रशिक्षणमा

काठमाडाैं, २३ भदाै । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीकाे काेराेना रिपाेर्ट नेगेटिभ आएकाे छ । प्रशिक्षणको लागि पीसीआर परीक्षण गरेका मेस्सीको रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएसँगै उनीले बार्सिलोनाबाट नै प्रशिक्षण सुरु गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

क्लबमा रोनाल्ड कोइम्यान नयाँ म्यानेजरका रुपमा आएपछि मेस्सी पहिलोपटक प्रशिक्षणमा आएका हुन्। गत अगस्ट २५ मा मेस्सीले आफू बार्सिलोनाबाट बाहिरिन चाहेको भन्दै ट्रान्सफर रिक्वेस्ट पठाएका थिए।

क्लब छाड्ने ‘मुड’ बनाइसकेका मेस्सी खेलाडीहरुको कोभिड १९ परीक्षणमा समेत सहभागी भएका थिएनन्। तर क्लब छाड्न तिर्न पर्ने ७०० मिलियन युरोको रिलिज क्लज कसैले तिर्न नसक्ने भएपछि मेस्सीले गत शुक्रवार उक्त निर्णय फिर्ता लिएका थिए।

सेप्टेम्बरमा बार्सिलोनाले भिलाररिलसँग प्रतिस्पर्धा गर्दै लालिगा क्याम्पेन सुरु गर्दैछ।