आइतबार पनि घट्याे सुनकाे मूल्य, तोलाको ९६ हजार एक सय रुपैयाँ कायम

आइतबार पनि घट्याे सुनकाे मूल्य, तोलाको ९६ हजार एक सय रुपैयाँ कायम

काठमाडौं, २१ भदाै ।  नेपाली बजारमा सुनकाे मूल्य केही दिन यता ओरालो लाग्ने क्रम जारी छ। शुक्रबार ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा आइतबार तीन सय रुपैयाँले घटेर ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरेहकको छ। शुक्रबार तेजाबी सुनको मूल्य ९५ हजार नौ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य  भने तोलामा १० रुपैयाँले बढेकाे छ । चाँदी आज प्रतिताेला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।