कोरोना संक्रमणमुक्त भए उद्योगपति विनोद चौधरी

कोरोना संक्रमणमुक्त भए उद्योगपति विनोद चौधरी

काठमाडाैं, २१ भदाै।  चाैधरी ग्रुपका मालिक एवम् उद्योगी  विनोद चौधरी कोरोनाकाे संक्रमणमुक्त भएका छन् । उनले ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् ।

उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको आइसोलेसनपछि आफू संक्रमणमुक्त भएको जानकारी दिएका हुन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई १२ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टिलगत्तै उनी चिकित्सक सल्लाहअनुसार आइसोलेसनमा बसेको जानकारी गराएका थिए ।