एट्लेटिको मड्रिडका कोस्टा र सान्टियागोलाई कोरोना संक्रमण

एट्लेटिको मड्रिडका कोस्टा र सान्टियागोलाई कोरोना संक्रमण

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टा एवं डिफेन्डर सान्टियागो एरिएसलाई कोरोना भाइरसको संक्रमण भएको छ। 

सिजन सकिएको बिदापछि क्लब फर्किएका उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुमा कुनै लक्षण नदेखिएको र दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको क्लबले जानकारी दिएको छ । 

राष्ट्रिय टिमको खेलका लागि गएकाबाहेक अरुको कोरोना भाइरस परीक्षण हुँदा दुई जनामा संक्रमण देखिएको पनि क्लबले जानकारी दिएको छ । ला लिगाको नयाँ सिजनमा एट्लेटिको मड्रिडले पहिलो खेल सेप्टेम्बर २७ मा ग्रानडासँग खेल्दैछ ।