तीन सातायताकै सस्तो भयो सुनकाे मूल्य, कति पुग्याे आज ?

तीन सातायताकै सस्तो भयो सुनकाे मूल्य, कति पुग्याे आज ?

काठमाडौं,  १९ भदाै । नेपाली बजारमा सुनको मूल्य तीन सातायताकै सस्तो भएको छ । बिहिबारको तुलनामा शुक्रबार सुन तोलाको १ सय रुपैयाँ सस्तिएर ९६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार  छापावाल सुन प्रतितोला  ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,  तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार चाँदी ३५ रुपैयाँ घटेर तोलाको १३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

साउन २८ गते तोलाको ८५ हजार ४ सय रुपैयाँ कायम भएको सुनको मूल्य त्यसयता साउन २३ गते इतिहासकै उच्च तोलाको १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो ।