आज पनि घट्यो सुनचाँदीको भाउ, तोलामा कतिले हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको भाउ, तोलामा कतिले हुँदैछ कारोबार ?

काठमाडौं, १८ भदाै । नेपाली बजारमा सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार (आज) पनि घटेको हाे ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । हिजो तोलाको ९७ हजार २ सय तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलामा ७ सय रुपैयाँले नै झरेर ९६ हजार कायम भएको छ । हिजो तोलाको ९६ हजार ७ सय थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ६५ रहेको चाँदी आज १३ सय ४५ मा झरेको महासंघले जनाएको छ ।