एकैदिन फेरि ९ सयले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

एकैदिन फेरि ९ सयले बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं, १६ भदाै । नेपाली बजारमान मंगलबार सुनको मूल्य एकैदिन ९ सयले बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला ९ सयले बढेर ९८ हजार ४ सय रूपैयाँ कायम भएको हाे।

सोमबार सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर आज १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार चाँदी १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहको छ।