फेरि बढ्यो सुनचाँदीकै भाउ, आजको मूल्य कति ?

फेरि बढ्यो सुनचाँदीकै भाउ, आजको मूल्य कति ?

काठमाडौं, १५ भदाै। आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा आएको हाे । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदी प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको थियो ।