शुक्रबार घट्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

शुक्रबार घट्याे सुनचाँदीकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

काठमाडौं, १२ भदाै । नेपाली बजारमा सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हाे ।

हिजो तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार १ सय रूपियाँमा काराेकार भएको थियाे । शुक्रबार (आज) तेजावी सुनकाे मूल्य ९६ हजार ४ सय रूपियाँमा काराेकार भइरहेकाे छ ।

हिजाे बिहिबार चाँदीको  मुल्य १ हजार ३ सय ४५ मा काराेबार भएकाे थियाे भने  शुक्रबार चाँदीकाे मूल्य १ हजार ३ सय ४० रूपियाँमा काराेबार भइरहेकाे छ ।