एक सय रुपैयाँमै सात दिनसम्म ननस्टप यूट्युव हेर्ने सुविधा, साथै ४ जीबी डेटा फ्रि

एक सय रुपैयाँमै सात दिनसम्म ननस्टप यूट्युव हेर्ने सुविधा, साथै ४ जीबी डेटा फ्रि

काठमाडौं । एनसेल आजियाटा कम्पनीले ग्राहकका लागि एक सय रुपैयाँ (करसहित १२७.६९ रुपैयाँ)मा सात दिनसम्म ननस्टप यूट्युव र ४ जीबी डेटाकाे अफर दिइरहेकाे छ ।

ननस्टप यूट्युब फाेरजी नेटवर्कमा उपलब्ध हुनेछ भने अतिरिक्त रूपमा पाएकाे ४ जीबी डेटा सबै नेटवर्कका लागि उपलब्ध हुनेछ । यसका लागि ग्राहकले *१७१२३*१# डायल गरी याे अफर प्रयाेग गर्न सक्नेछन् ।

साथै ननस्टप यूट्युव र डेटा प्याक लिने ग्राहकले ७ दिनसम्म २० रूपैयाँ (करसहित २५.५४ रूपैयाँ) मा फेसबुकका लागि ३५ सय एमबी डेटा प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै एनसेलले २० रूपैयाँ (करसहित २५.५४ रूपैयाँ) मा टिकटकका लागि समेत ३५ सय एमबी डेटा उपलब्ध गराउने भएकाे छ ।