कीर्तिपुर नगरपालिका भित्र सार्वजनिक यातायात संचालन गर्न नपाइने

कीर्तिपुर नगरपालिका भित्र सार्वजनिक यातायात संचालन गर्न नपाइने

काठमाडाै, ३२ साउन।  साेमबारदेखि कीर्तिपुर नगरपालिका भित्र सार्वजनिक यातायात संचालन नहुने भएकाे छ। नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षज्युहरुको विशेष उपस्थितीमा आइतबार बसेकाे बैठकले तिब्र गतिमा लैलिरहेकाे काेराेना संक्रमणलाई मध्यनजर गर्दै यसकाे नियन्त्रण एवं न्युनिकरण गर्न साे निर्णय गरेकाे जनाएकाे छ ।

यस्तै उक्त बैठकले भदाै १ देखि ९ गतेसम्म कीर्तिपुरका औषधि पसल बाहेकका सम्पुर्ण पसल/ बजार बिहान ७ बजेदेखि बिहान ११ बजे सम्म मात्र खोल्ने निर्णय समेत गरेकाे छ।

यसका साथै  कीर्तिपुर प्रवेश गर्ने नाका र कीर्तिपुर नगर क्षेत्र भित्र कडाइका साथ बेलुकी ९ बजे देखि बिहान ५ बजे सम्म अत्यावश्यक काम बाहेक हिडंडुल तथा आवतजावत बन्द गर्ने जनाएकाे छ।