शुक्रबार, असोज ९, २०७७
    राज्य-समाज

    मध्यपुर थिमिमा सार्वजनिक यातायात सञ्चालनमा रोक

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर
    फाइल तस्बिर

    भक्तपुर। भक्तपुरमा कोरोना संक्रमितको संख्या बढेसँगै सतर्कता अपनाउ सुरु गरिएको छ। शनिवारबाट भदौ ९ गतेसम्म थिमिमा अत्यावश्यक बाहेका सबै व्यवसाय संचालनमा रोक लगाइएको छ। भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा पनि रोक लगाइएको हो। 

    मध्युपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भादै ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय गरेको हो। कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नपा जिल्लामै पहिलो स्थानमा रहेको छ।

    उसले भक्तपुर काठमाडौं ६ लेन सडकमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न संघीय सरकारसँग आग्रह गरेको छ। उक्त सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि मध्यपुर थिमि नगर क्षेत्रभित्र कुनै पनि यात्रु चढाउने र ओराल्न नपाइने निर्णय गरेको छ।

    अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्म भने सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन, ओराल्न नपाइने गरी सवारी साधन चलाउन पाइनेछ। ग्यास, पानी खाद्यान्न र औषधी पसल भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खोल्न पाइने नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै भनेको छ। यस्तै, जिल्ला प्रशासन भक्तपुरले शुक्रवारबाट गर्न निषेध गरेका गतिबिधि संचालन नगर्न नगरपालिकाले आग्रह गरेको छ।

    मध्यपुर थिमि नगरपालिकामा रहेको नेपाल कोरिया मैत्री नगर अस्पतालका ३ नर्स र एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ। त्यस्तै थिमिका अन्य क्षेत्रमा समेत संक्रमित पहिचान भएका छन्। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast