शुक्रबार, असोज ९, २०७७
    राज्य-समाज

    नेकपा कार्यदलको पहिलो बैठकमा के भयो ?

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक शनिबार भैँसेपाटीमा बसेको छ। बैठकमा पार्टीभित्रको विवाद समाधानका विकल्पबारे सामान्य छलफल भएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले बताए।

    उनले मुख्य विषयवस्तुमा भोलि (आइतबार) मात्रै प्रवेश गर्ने बताए। ‘पार्टीमा विवाद उत्कर्षमा पुग्दा संवादहीनताको अवस्थामा थियो। कार्यदल बनाएपछि भर्खरै छलफल हुन थालेको छ,’ पाण्डेले भने, 'पार्टी विवादका विषयमा प्रवेश गरिसकेपछि छलफलबाट निष्कर्षमा पुग्न सकिएला।’

    महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल र जनार्दन शर्मा छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा भएको छलफलका क्रममा पौडेलको नेतृत्वमा छ सदस्यीय कार्यदल बनाउने निर्णय भएको थियो।

    कार्यदललाई छिटोभन्दा छिटो नेकपाभित्रको समस्या समाधानका लागि प्रस्ताव तयार पार्न निर्देशन दिइएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast