शुक्रबार, असोज ९, २०७७
    ओएमजी Omg!

    ‘यौनसुख प्राप्त गर्न यौन तालिका आवश्यक’

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं। कुरा अनौठो र भड्किलो लाग्न सक्छ। किनभने हामीकहाँ यौनको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं। हामीलाई लाग्छ, यौन भनेको छाडा कुरा हुन्। यही भ्रमित मानसिकताले हामी यौनको बारेमा खुला चर्चा गर्दैनौ, यौनको उन्मुक्त आनन्द लिदैनौं।

    अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो। तर, हाम्रो यौन जीवन त्यती सुखमय छैन, जति हुनुपर्ने थियो। त्यही कारण हाम्रो दाम्पत्य कसिलो र रसिलो हुन नसकेको। खासमा दम्पतीले यौनसुख कसरी लिने भन्ने कुरामा नयाँ नयाँ अभ्यास गर्न सक्छन्।

    यसले उनीहरुको सम्बन्ध थप प्रगाढ हुन्छ। किनभने यौनले मानसिक र शारीरिक रुपमा चुस्त बनाउन सहयोग गर्छ। अब चर्चा गरौ, यौन तालिकाको। के यौनका लागि पनि तालिका आवश्यक हुन्छ ?

    यौन तालिका तय गरियो भने त्यसले दाम्पत्यमा रोमाञ्चकता थपिदिन्छ। त्यतीमात्र होइन, यौन जीवनलाई थप आनन्दित तुल्याउँछ।

    यौनबारे तयारी र सोंचः यौन तालिकाको यो सबैभन्दा ठूलो फाइदा हो। अन्यथा अस्तव्यस्त जीवनशैली र तनावपूर्ण माहोलका बीच दिमागमा यौनको कुरा नै नआउन सक्छ। यौनको समय निश्चित भएपछि सबै कुरालाई थाती राखेर आफ्नो प्रियतमसँग राससिला गर्न सकिन्छ।

    ओछ्यानमा नयाँ प्रयोगको इच्छाः जब थाहा हुन्छ कि आज राति यति बजे यौन क्रिया गर्ने कार्यक्रम छ, दिनभरी रोमाञ्चित भइन्छ। दिमागमा विभिन्न योजनाहरु बन्न सक्छन्। नयाँ नयाँ प्रयोग गर्नेबारे सोच्न सकिन्छ। फलस्वरुप राति मज्जा दोब्बर हुन्छ।

    सुमधुर समय बित्छः इन्टरनेट र प्रविधिले हाम्रो जिन्दगीको अमनचैन नै खोसेको छ। प्रेमको दुई शब्द व्यक्त गर्न श्रीमान-श्रमितीबीच समय नै हुँदैन। यस्तोमा यदि तालिकामा बाँधियो भने एक अर्काको अंगालोमा सुमधुर समय बिताउन सकिनेछ। यसले दाम्पत्य जीवनमा अझै प्रगाढता थप्नेछ।

    तयारीका लागि समय मिल्छः जब यौनका लागि मानसिक रुपमा पहिल्यैबाट तयार भइन्छ, यसका लागि तयारी गर्न पर्याप्त समय मिल्छ। आफ्नो फेन्टासीलाई यथार्थमा बदल्न सम्पूर्ण प्रयास लगाउन सकिन्छ।

    अस्विकारको गुञ्जायस हुँदैनः दुई जनामध्ये एक जना यौनका लागि आतुर हुने तर अर्कोलाई जोश नआउने समस्या पनि अक्सर हुन्छ। तर, दुवैको सहमतिमा तालिका तयार गरिसकेपछि दुवै जना मानसिक रुपमा तयार हुन्छन्। त्यसैले रातमा कुनै पनि पक्षबाट इन्कार गर्ने सम्भावना रहँदैन।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast