शुक्रबार, असोज ९, २०७७
    बिदेश

    रुसमा कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं। रुसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन शुरु गरेको छ। यो महिनाको अन्तिममा खोप लगाउन शुरु गर्ने गरी उत्पादन थालिएको रुसको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ। गएको मंगलबार रुसले यो खोप मानिसमा परीक्षण गरेको थियो।

    खोपको विश्वसनियतामा प्रश्न नउठोस् भनेर राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा खोपको परीक्षण गरेका थिए। राष्ट्रपति पुटिनले खोपले परीक्षणसम्बन्धी आवश्यक सबै विधिहरू पूरा गरेको बताए। दुई दिनअघि खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा व्यक्त भइरहेका चिन्ताहरूलाई रुसले 'एकदमै आधारहीन' भनेको थियो। 

    द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरू ख्याल नगरेको हुन सक्ने भन्दै कतिपय विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन्। रुसले बनाएको खोपलाई लिएर अमेरिका र युरोपमा प्रश्नहरू उठिरहे पनि केहि देश भने सकारात्मक छन्। 

    फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे आफैले रुसी खोपको परीक्षण गर्ने बताएको छ भने इजरायलले पनि खोप खरिदको सम्झौता गर्ने जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast