शुक्रबार, असोज ९, २०७७
    स्वास्थ्य

    २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ को मृत्यु

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको जनाएको छ। कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हो। 

    योसँगै मृतकको सङ्ख्या १०२ पुगेको छ। तीमध्ये ८० पुरुष र २२ महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुष रहेका छन्। 

    उनको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलममा मृत्यु भएको हो। त्यसैगरी पर्साको विरगञ्ज महानगरपालिका-१२ निवासी ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको हो। यस्तै धनुषाको जनक नन्दनी गाउँपालिका-४ निवासी ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाका कारण निधन भएको मन्त्रालयले जनाएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast