शुक्रबार, असोज ९, २०७७
    स्वास्थ्य

    २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण, उपत्यकामा ९८ संक्रमित थपिए 

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं। नेपालमा शनिबार थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

    तर पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप ९८ नयाँ संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। डा. गौतमका अनुसार काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण देखिएको हो।

    काठमाडौं उपत्यका बाहेक चितवनका ९, बाँकेका ११, बर्दियाका १४, धनुषाका २७, काभ्रेपलाञ्चोकका ९, रामेछापका ३, मोरङका ६५, सप्तरीका २, सिरहका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    यस्तै दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपरासी पूर्वका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाही ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १, रुपन्देहीका २, महोत्तरीका ९, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १, तनहुँका २, दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१ र रौतहटका ४ जनामा कोरोना संक्रमण भएको छ।

    पछिल्लो २४ घण्टामा १२४ जना डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १७ हजार २०१ रहेको प्रवक्ता गौतमले बताए। उनले शनिबारसम्म पीसीआर विधिबाट ५ लाख ५ हजार ६६० परीक्षणहरु गरिएको जानकारी दिए। त्यसैगरी २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएको छ। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast