बिहिवार, असोज ८, २०७७
    राज्य-समाज

    स्वतन्त्रता दिवसकाे अवसरमा मोदीलाई ओलीको शुभकामना

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं, ३१ साउन।  भारतको ७४औं स्वतन्त्राता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना दिएका छन् । शनिबार बिहान ट्विटरमार्फत ओलीले भारत सरकार र भातरका जनतालाई स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका हुन्। 

    ‘बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ ओलीले ट्विटरमा लेखेका छन्, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगती र समृद्धिको कामना गर्दछु ।’ 

    सन १९४७ मा आजकै दिन ब्रिटिस उपनिवेशबाट भारत मुक्त भएको थियो । त्यसयता भारतले यसदिनलाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ। 

    Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.

    — K P Sharma Oli (@kpsharmaoli) August 15, 2020

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast