शनिबार, असोज १०, २०७७
    राज्य-समाज

    काठमाडौं उपत्यकामा आजदेखि यी गतिविधि गर्न रोक

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, ३१ साउन।  आदेखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै शुक्रबार राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम गतिविधिहरू निषेध गर्ने निर्णय गरेको छ ।

    'कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने/गराउने सन्दर्भमा मिति २०७७/०४/३० गते राति १२ बजेदेखि मिति २०७७/०५/१५ राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम देहायबमोजिमका गतिविधिहरू गर्ने निषेध गर्ने गरी आदेश गरिएको छ,' प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा भनिएको छ ।

    उक्त दफामा प्रमुख जिल्ला अधिकारीले क्षेत्र र समय तोकी सो क्षेत्र र समयमा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गर्न सक्ने उल्लेख छ । त्यस्तै, आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिमाना वा १ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था रहेको छ ।

    'कुनै ठाउँमा हुलदङ्गा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार भएमा सो परिस्थितिलाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारीले क्षेत्र र समय तोकी सो क्षेत्र र समयमा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गर्न सक्नेछ । त्यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५ सय रुपैयाँसम्म जरिमाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ' स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) मा भनिएको छ ।'


    साे अवधिमा खुल्ला स्थानमा मानिसहरू भेला, भीड तथा जुलुस गर्न निषेध गरिएको छ । जात्रा महोत्सव, दैनिक हुने नित्य पूजाबाहेकका धार्मिक कार्य, उद्योग व्यापार व्यवासयअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीतका कार्य, शैक्षिक संस्थाहरू संचालनमा पनि निषेध गरिएको छ ।

    त्यस्तै, सभा, गोष्ठीलगायत, शैलुन ब्युटीपाल्लर जिमखाना, समूहमा खेलिन खेलकुद पुस्तकालय, संग्रहालय, चिडियाखना, पुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा सकाइकलमार्फत हुने विभिन्न व्यवसाय, स्वास्थ्य मापदण्डविपरीत श्रमिक ओसारपसार, टेक वेबाहेकका होटल रेस्टुरेन्ट संचालन गर्न निषेघ गरिएको जारी आदेशमा उल्लेख छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast