शुक्रबार, असोज ९, २०७७
    सावधान

    धारिलो हतियार प्रहारबाट काठमाडौंमा एक जनाको मृत्यु

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं, ३० साउन । काठमाडौंको बानियाँटारमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय लक्ष्मण तामाङ छन् ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भने, ‘ग्रिनसिटी हस्पिटलमा उपचाररत घाइतेको मृत्यु भइसकेको छ, थप अनुसन्धान जारी छ ।’

    हालसम्म प्राप्त विवरण अनुसार दुई समूहबीच झगडा हुँदा घटना भएको हुनसक्ने भनिएको छ । यद्यपि, प्रकरणमा कोही पक्राउ परिनसकेकाले यकिन भइनसकेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रकरणमा संलग्न अभियुक्तको खोजी भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast