शनिबार, असोज १०, २०७७
    राज्य-समाज

    गण्डकी प्रदेशमा थप १० जनामा देखियाे काेराेनाकाे संक्रमण

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं, ३१ साउन। गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।

    यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा संक्रमण देखिएको छ ।

    कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना संक्रमित फेला फेला परेका छन् । वडा नं. ८ मा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् ।

    यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको गोरखा नगरवपालिकामा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ । उनको वडा नं. खुलेको छैन ।

    यस्तै स्याङजाको पुतलीबजार नगरपालिका वडा नं. १३ मा ३० वर्षीय पुरुष र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ मा ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast