शुक्रबार, असोज ९, २०७७
    लाइफस्टाइल

    आज पनि देशका यि स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, ३१ श्रावन २०७७, आहाखबर

    काठमाडौं, ३१ साउन। आज देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसन विज्ञान विभागले बताएको छ। उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा पनि भइसकेको छ।

    विभागले दिएको जानकारीअनुसार आज बिहानैदेखि देशभर बदली रही केही स्थानमा सामान्य र गण्डकी, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ।

    त्यस्तै, शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने विभागले बताएको छ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

    आगामी २४ घण्टा भित्र भारी वर्षाको सम्भावना भएका स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय तथा पहिरो जानसक्ने भएकाले सबैलाई शतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast