सोमबार, असोज १२, २०७७
    राज्य-समाज

    राहत लिएर गृहमन्त्री थापा पहिरो प्रभावित क्षेत्रमा

    शुक्रबार, ३० श्रावन २०७७, आहाखबर

    काठमाडौं। गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित गएका छन्। नेपाली सेनाको हेलिकप्टरमा उनीसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएका हुन्। 

    प्राप्त विवरणअनुसार पहिरामा परी केही व्यक्तिको मृत्यु भएको छ भने ३३ भन्दा बढी बेपत्ता छन्। त्यहाँका ३६ घर पहिरामा परेको बताइएको छ। केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिराग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका थिए। त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो। 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast