मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    सिन्धुपाल्चोक पहिरो अपडेट: ३६ जना बेपत्ता, सातको उद्धार

    शुक्रबार, ३० श्रावन २०७७, आहाखबर

    काठमाडौं, ३० साउन।  सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदिमा आज बिहान भीषण पहिरो जाँदा पुरिएकाहरुमध्ये ७ जनाको स्थानीय बासिन्दाले उद्धार गरेका छन्। 

    पहिरोमा कम्तीमा २२ घर पुरिएका छन् भने केही थप घर जोखिममा परेका छन्।  पहिरोमा कति मानिस पुरिए र कति बेपत्ता भए भन्ने यकिन गर्न नसकिएको स्थानीय सानुकान्छा लामाले बताए। अहिले स्थानीयहरु उद्धारमा खटिएका छन्। 

    पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थलतर्फ जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्। 

    यस्तै सभामुख अग्निप्रसाद सापकोटा पहिरो निरीक्षणका लागि सिन्धुपाल्चोकको लिदी पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रको निरीक्षणका लागि गएका हुन् ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast