मंगलवार, असोज १३, २०७७
    खेल संसार

    खुल्याे आइपीएल खेल्ने बाटो, महेन्द्र सिंह धोनीको कोरोना रिपोर्ट नेगेटिभ

    शुक्रबार, ३० श्रावन २०७७, आहाखबर

    कञ्चनपुर, ३० साउन । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। उनको बुधबार नमुना परीक्षण गरिएको थियो।

    राँचीको गुरु नानक अस्पतालस्थित माइक्रो प्रैक्सिस प्रयोगशालाका प्राविधिक टोलीले धोनीको फार्म हाउस गएर उनको नमुना संकलन गरेको थियो।

    यो सँगै अब धोनीको आइपीएल खेल्न बाटो खुला भएको छ। उनी सम्भवतः १४ अगष्टमा चेन्नई जानेछन्। त्यहाँ अभ्यास सत्रपछि चेन्नईको पूरै टिम युएई जानेछ।

    टिम प्रबन्धकहरुले अरु सबै खेलाडीहरुलाई चेन्नाई बोलाउनका लागि चार्टर्ड फ्लाइटको व्यवस्था मिलाएको छ ताकि उनलाई कोरोना संक्रमित भएको सबै आशंकाहरु मेटिउन्।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast