मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    विराटनगरमा एकै दिन थपिए ६० संक्रमित, भदौ ५ सम्म लम्बियाे लकडाउन

    शुक्रबार, ३० श्रावन २०७७, आहाखबर

    विराटनगर, ३० साउन । विराटनगर महानगरपालिकामा गएको २४ घण्टामा ६० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३८ पुरूष र २२ महिला छन् । बिहीबार महानगरमा अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् ।

    संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगर–९ वडाका रहेका छन् । सो वडामा ५ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै विराटनगर १२ मा ८ पुरूषलाई संक्रमण पुष्टि भएको छ । विराटनगर २ मा २, ३ मा ५, ५ मा ४, ६ मा ५, ७ मा २, ८ मा ६, १० मा ४, ११ मा २, १३ मा २, १६ मा १ र १७ मा ४ जनालाई संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको जनाएको छ ।

    वडा नखुलेका ५ पुरुष र १ महिला गरी अन्य ६ जना पनि विराटनगरकै छन् । विराटनगरमा बिहीबार ६० जना थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    संक्रमितमध्ये ६९ जना कोरोनामुक्त भई फर्किएका छन् । कोरानोबाट महानगरभित्रै ६ जनाको मृत्यु भएको छ । विराटनगरमा ६० सहित प्रदेश–१ मा बिहीबार १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।

    यसैबीच विराटनगरस्थित कोसी अस्पतालका थप एक नर्सलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको ल्याबमा गराइएको कोरोना परीक्षण रिपोर्ट अनुसार एक नर्सलाई कोरोना पुष्टि भएको हो । योसँगै अस्पतलामा संक्रमितको संख्या १८ पुगेको कोसी अस्पतालका सुपरिटेन्डेन्ड डा. चुमनलाल दासले जानकारी दिए।

    दैनिकरुपमा संक्रमित थपिए पछि विराटनगरमा साउन ३२ सम्म जारी लकडाउन भदौ ५ गतेसम्मका लागि थपिएको छ ।नेपाल समाचारपत्रबाट

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast