सीटीईभीटीको परीक्षा स्थगित

सीटीईभीटीको परीक्षा स्थगित

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद (सीटीइएभीटी) ले भदौ दोस्रो साताको लागि तय गरेको विभिन्न विषयको परीक्षा स्थगित गरेको छ। परिषदले बिहीबार यस्तो निर्णय गरेको हो। 

सरकारले मुलुकव्यापी लकडाउन साउन ७ गतेदेखि हटाएपछि परिषदले यसअघि स्थगित भएका परीक्षा भदौ दोस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। लामो दूरीका यातायात पनि भदौ १ गतेदेखि नै सञ्चालन गर्ने सरकारी निर्णयलाई आधार मानेर परिषदले परीषाबारे निर्णय गरेको थियो। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्म शैक्षिक संस्था पूर्ण रुपमा बन्द रहने तथा लामो दूरीका यातायात पनि सोही मितिसम्मै बन्द रहने निर्णय गरेको थियो।

परिषदले जारी गरेको सूचनामा तत्कालका लागि परीक्षा सम्बन्धि सम्पूर्ण काम अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको छ। परीक्षा सम्बन्धि अर्को सूचना विद्यार्थीलाई कम्तिमा पनि तीन साताको समय दिएर सार्वजनिक गरिने परिषदले स्पष्ट पारेको छ।