मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    बालुवाटार वार्तापछि थापागाउँमा प्रचण्ड–नेपाल समूहको छुट्टै बैठक

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन्। प्रचण्ड अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बालुवाटारबाट फर्किएपछि नेपाल समूहका नेताहरुसहित छलफलमा जुटेका हुन्।   

    काठमाडौंको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफू निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका हुन्। सो छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठ सहभागी भएको श्रोतले जनाएको छ। छलफलमा प्रदेशस्तरका नेताहरुपनि सहभागी छन्। छलफलमा सहभागी एक नेताका अनुसार प्रचण्डले ओलीसँग भएको कुराकानीका विषयमा ब्रिफिङ गरेका छन्।

    छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ। यसअघि बुधबार पनि प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। बिहीबार भएको दुई अध्यक्षबीचको भेटघाट सकारात्मक रहेको दुवै अध्यक्षका सचिवालयले बताएका छन्। 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast