मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    काठमाडौं वडा नम्बर १४ का पसल १५ दिनका लागि बन्द

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर
    फाइल तस्बिर

    काठमाडौं। काठमाडौं महानगरपालिका–१४ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रमा अत्यावश्यक सेवाबाहेक अन्य बजार, पसल बन्द गराएको छ। समुदायमा नै कोरोना संक्रमण देखिन थालेपछि १४ नम्बर वडाका कलंकी, कालिमाटी, कुलेश्वरलगायत क्षेत्रका अत्यावश्यकबाहेक पसल १५ दिनका लागि बन्द गराइएको हो।  

    वडाध्यक्ष शोभा सापकोटाले बुधबार विज्ञप्ति जारी गरी अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय भएको जानकारी गराएकी हुन्। उक्त वडामा विद्युतीय सामग्री पसल सञ्चालन गर्दै आएका एक व्यापारीमा संक्रमण पुष्टि भएको थियो। त्यसपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा भएको परीक्षणमा अन्यमासमेत कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गर्नु परेको वडाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ। 

    बिहीबारदेखि १५ दिनसम्म वडा नम्बर १४ का कलंकी, कालिमाटी, खड्कागाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बन्द हुने अध्यक्ष सापकोटाले जानकारी दिइन्। अब कालिमाटीका फलफूल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाउनेछन्। अन्य अत्यावश्यक पसल भने स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाइने छ। 

    ठेला र फुटपाथ व्यवसाय पूर्ण रुपमा बन्द गर्नसमेत वडाले विज्ञप्तिमार्फत् अनुरोध गरेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast