शनिबार, असोज १०, २०७७
    स्वास्थ्य

    पर्सागढी नगरपालिकाका मेयरलाई देखियो कोरोना संक्रमण 

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    वीरगन्ज। पर्साको पर्सागढी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण देखिएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मेयर लोकनारायण यादवमा कोरोना संक्रमण पुष्टि भएको हो। 

    मेयर यादवले आफ्नो फेसबुक पेजमार्फत पीसीआर परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन्। उनी थप उपचारका लागि सोमबार हेलिकप्टरमार्फत काठमाडौं आएका छन्। स्वास्थ्य समस्या देखिएपछि उनी गत शुक्रबार वीरगन्जको तराई अस्पतालमा भर्ना भएका थिए। 

    मेयर यादवमा स्वासप्रश्‍वासको समस्या र खकारमा रगत देखिएको चिकित्सकले जनाएका छन्। उनको दुबै फोक्सोमा निमोनियाको संक्रमण र अक्सिजनको पनि कमी थियो। हाल उनी धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत छन्। 

    पछिल्लो स्वास्थ्य अवस्थाबारे मेयर यादवले फेसबुकमा लेखेका छन्, ‘अहिलेको स्वास्थ्य अवस्था दैनिक सुदृढ छ। क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकारात्मक आत्मबल बढेको छ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast