मंगलवार, असोज १३, २०७७
    राज्य-समाज

    प्रचण्ड पुगे ओलीलाई भेट्न बालुवाटार

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २९ साउन । लामो समयको संवादहीनतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    भेटमा पार्टीको समस्या समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

    स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ । राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast