शुक्रबार, असोज ९, २०७७
    खेल संसार

    च्याम्पियन्स लिगको सेमिफाइनलमा २५ वर्षमा पीएसजी पहिलो पटक

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, २९ साउन ।  पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा एटलान्टालाई २-१ ले हराउँदै पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो । 

    एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाए पनि हार टार्न सकेन । खेलको ९० र थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे । 

    योसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast