सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    टिचिङ अस्पतालका दुई चिकित्सकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    काठमाडौं, २९ साउन । टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत २ जना चिकित्कलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

    २ चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    ६ जनामा संक्रमण पुष्टि भएपछि अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पीसीआर परीक्षण शुरू गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिए।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast