सोमबार, असोज १२, २०७७
    स्वास्थ्य

    विश्वभर काृराेना संक्रमितको संख्या साढे २ करोड पुग्याे, ७ लाख ४५ हजारको मृत्यु

    बिहिवार, २९ श्रावन २०७७, आहाखबर

    काठमाडाैं, २९ साउन । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ४ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ४ लाख ६१ हजार ७ सय ७२ पुगेको हो।

    हालसम्म संक्रमणका कारण ७ लाख ४५ हजार ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने निको हुनेहरुको संख्या १ करोड २७ लाख ६ हजार ४० छ। 

    सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५१ लाख ९१ हजार ६ सय ८९ पुगेको छ भने १ लाख ६५ हजार ९ सय ९ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा ३१ लाख ९ हजार ६ सय ३० संक्रमित र १ लाख ३ हजार २६ जनाको मृत्यु, भारतमा २३ लाख २९ हजार ६ सय ३८ संक्रमित र ४६ हजार ९१ को मृत्यु, रुसमा ९ लाख ७ सय ४५ जना संक्रमित र १५ हजार २ सय ३१ मृत्यु तथा मेक्सिकोमा ४ लाख ९२ हजार ५ सय २२ संक्रमित र ५३ हजार ९ सय २९ को मृत्यु भएको छ। 
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast